नेपालकै कान्छी उद्यमि ओखलढुङ्गे चेली “इन्दिरा खतिवडा”

बिक्रम सम्बत २०५८ साउन १६ गते ओखलढुंगा हालको चिसन्खुगढि गाउपालिका  ७ माम्खामा  पिता शिबलाल खतिवडा र उहाँको धर्म पत्नी राधा  खतिवडाको कोखबाट यस धर्तीमा जन्मनु भएकी सुपुत्रि इन्दिरा खतिवडा उमेरले बल्ल २० बर्ष पुग्नु भयो।

बिक्रम सम्बत २०७३ साल को एसईई (SEE) परिक्षा दिए लगत्तै “रुम्जाटार कृषि क्याम्पस”  मा भर्ना भैइ कृषि विषयमा डिब्लोमा इन एगृकल्चर ( Diploma in agricultural ) ३ बर्ष को अध्यन अध्यापन पूरा गरे लगत्तै आफ्नै इच्छा अनुसार आफ्नो पढाई,ज्ञानलाई फिल्डमै उतार्नु पर्छ भन्ने तिब्र चाहाना र निरन्तरको लामो ब्याबसायिक छलफल पछि ंइन्दिरा फलफूल नर्सरी तथा कृषि फर्म दर्ता गरि ब्याबसायिक फलफुल तथा नर्सरी  ब्याबसाय लाई निरन्तर दिदै अगाडि बढाउदै आउनु भएको छ।

अहिले सिद्दिचरण नगरपालिका ४ रुम्जाटारमा अबस्थित उहाँको कृषि फर्म मा टिमुर , हाइब्रेड कागती, ड्रागन फ्रुट , अनार,लिची, आँप , धुपी ,सुन्तला  ,सपाेटा, काजु,ल्वाङ , लगायत २५ भन्दा बढी प्रजातीका फलफुलका बिरुवा उपलब्ध रहेको मलाया खबरलाई बताइन्।

अब को भाबी योजान के छ ?
भनेर गरेको प्रश्नमा उहाँले जवाफ् दिदै भन्नुभयो :
“अहिले यसबाट व्यावसायिक  केहि ज्ञान् तथा सीप सिक्दै हिउदमा आफुलाई चाहिने सबै प्रकारका बीउबिजन ल्याइ सबै नयाँ तथा पुराना प्रजातिका फलफूलका बिरुवा साथै सबै प्रजातीका फुल गुलाफ , क्रोटोन , टुलिप, क्यामेलिया, सयपत्री ,स्नेक प्लान्ट , मोनि  प्लान्ट ,क्रीस्मस िट्र का बिरुवाहरुको उत्पादन तथा कलमी फुलका विरुवा हरुको तयारी , गर्नुका साथै नर्सरीको समुचित विकास गर्दै बसिरहेको बताइन्।”

साथै उहाँले ओखलढुंगा ,सोलुखुम्बु ,खोटाङ लगायत पुर्ब का धेरै जिल्लामा बिरुवामा आवश्यकता को परिपुर्ति गर्न का साथै फलफूल मा आत्म निर्भर बनाउने साथै थप अन्य  कृषि ब्यबसाय लाई विशेष  प्राथमिकता का साथ अगाडी बढाउने उहाँको ब्याबसायिक योजना रहेको स्पष्ट पारिन्।

कुल रु. दुई लाख पचास हजार(२,५०,०००) को लागत बाट सुरु गर्नु भएको उक्त कृषि फर्म लाई थप लगानी बिस्तार गरि निश्चित उचाइ मा पुराउने योजना रहेको उहाँको भनाइ रहेको छ  l मेरो कृषि प्रती को लगाव देखेर आमाबुबा, दाजुभाइ लगायत परिबारको सबै सदस्यहरुको साथ रहेकोले यहीँ क्षेत्रमा अगाडि बढ्न हौसला मिलेको  बताउनु भयो l बुबाको  कृषि प्रती को प्रेम र चाख लाई  आफुले पूरा गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो,नेपालमा कृषिमा  अतिनै सम्भावना हुदाहुँदै लगानी को अभाब र सरकारको तेहि अनुरुपको कानुनी प्रक्रिया झन्झटिलो सारकारी नियम ले नेपालमा युबाहरु कृषिमा  आक्रसित हुन नसकेको र दिनानु दिन लाखौं युबाहरु विदेशिन बाध्य भएको उहाँको भनाइ रहेको छ l

तपाईंलाई यति सानो उमेरमा उद्यमि बन्ने सोच काहाबाट कसरी आयो ?? भन्ने प्रश्नमा उहाँ को बिचार जस्ताको त्यस्तै :
” महिलाहरु ले अरुको अथवा अन्य कुनै कम्पनीको जागिर गर्दा हेपिनु पर्ने, अरुको दबाबमा बस्नुपर्ने , धेरै भनाइ खानु पर्ने र जागिर मिलिहाले पनि सामन्य आधारभूत आवश्यकता समेत पुर्ती गर्न धौधौ हुने, तलब पनि कम पाइने र अर्को म सानै देखि आफैले केही गर्छु भन्ने भित्रै देखिको अठोट भएको र  शान्ता बास्कोटा (कोइराला) , सर्मिला अधिकारि रावत लगाएत का  महिला उद्दमिको साथै  कृषि व्यावसायि शिशिर रावत लक्ष्मण चलिसे लगायत धेरै ब्याबसायी लाई नजिकबाट नियाल्दाको परिणाम र उहाँ हरु बाट मिलेको प्रेरणाले आफैले केही गर्नै पर्छ भन्ने निचोडमा पुगि “इंन्दिरा फलफुल् नर्सरी तथा  कृषि फर्म” को सञ्चालन गरेको जन्मको बताउनुभयो।”

कुन कुन ठाउँ बाट कृषि अध्यन अनुसन्धान गर्नु भो?
भन्ने हाम्रो प्रश्नमा उहाँ भन्नू हुन्छ :
बाख्रा अनुसन्धान केन्द्र बन्दिपुर , प्रदेश १ को कृषि अनुसन्धान केन्द्र , कास्कीको लुम्लेमा रहेको  राष्ट्रिय कृषि अनुसन्धान केन्द्र, मकै अनुसन्धान केन्द्र चितवन , मत्स्य अनुसन्धान केन्द्र पोखरा , खुमलटारमा रहेको बोटानिक , मलेपाटन लगायत धेरै ठाउको  अध्यान र अनुसन्धान ले थप आफुलाइ यस् ब्याबसाय प्रति लाग्न लाई उत्प्रेरित गरेको उहाँको भनाइ छ l

साथै ब्याबसायीक सफलता पछि के गर्ने योजना बनाउनु भएको छ ? भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ :
ब्याबसायीक सफलता पछि आफूले सबै भन्दा पहिले समाजको सेवा गर्ने , यस् ब्याबसायलाई थप बिस्तार गर्ने , महिला पनि उद्यमि बन्न सकिन्छ भन्ने उदाहरण को पात्र बन्ने , महिला स्वाबलम्बी र महिला सशक्तीकरण महिला उत्प्रेरक बक्ता बन्ने र नेपाल मा योग ध्यान प्राणयाम र आध्यात्मिक जीवन पद्धति अपनाइ अध्यात्मिक समाज को निर्माण गर्ने उहाको जीवन का ब्याबसायिक सफलता पछिका योजना रहेकी बताईन्l

साथै कुराकानी क्रममा अन्त्यमा उनले भनिन् सधै आफुलाइ अगाडी बढ्न उत्प्रेरित गर्ने दाजु दिपक खतिवडा , भाइ राजन ,बुबा र मोमि र मेरो टाढाको आत्मिय दाजु सुनिल पौडेल लक्ष्मण चालिसे , कृष्ण भुसाल  र मेरा आफन्त शुभचिन्तक सबैलाइ धन्यवाद दिन चाहान्छु र ब्याबसायिक फलफूल तथा नर्सरी र अन्य कृषि ब्याबसायको सम्भावना र चुनौती  बारे बुझ्न र जान्न इच्छुकले अथवा नर्सरीका बिरुवा चाहिएको खण्डमा मेरो फोन नम्बर ९८४६६६३३२५ मा सम्पर्क गर्न सक्नुहुनेछ उनले भनिन्।