काठमाडौं := नेपाल सरकारले वैशाख २३ गतेदेखि बन्द गरेको अन्तर्राष्ट्रिय हवाई उडानको बन्दको अवधी थप गरिएको छ। अन्य अन्तर्राष्ट्रिय देशहरुबाट नियमित रुपमा भैइरहेको उडान आउदो महिना जेठ १७ गते, सन् २०२१ /०५/मे ३१ तारिखसम्म बन्द गर्ने निर्णय गरेको छ।
मंगलवार पर्यटन मन्त्रालयमा भएको छलफलमा अन्तर्राष्ट्रिय हवाई उडान जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताउनु भएको छ।
सहसचिव लामिछानेका अनुसार यो अवधिमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले अत्यावश्यक चार्टर र कार्गो उडान भने गर्न पाउने छन्।‘तत्कालै आन्तरिक र अन्तर्राष्ट्रिय नियमित उडान खुला गर्ने अवस्था छैन। यो अवस्थालाई मध्यनजर गर्दै मंगलवार मन्त्रालयमा बसेको बैठकले आउँदो जेठ १७ गतेसम्मका लागि आन्तरिक र अन्तर्राष्ट्रिय तर्फको नियमित उडान रोक्नका लागि समय थप्ने निर्णय भएको हो,’ उनले भने।

यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहने छन्। कोरोना भाइरसको महामारी नियन्त्रण गर्न यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्युल उडानमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो।




















