अभिनेत्री वर्षा राउतले प्लाजमा दान गर्ने।

काठमाडौं:= नायिका वर्षा राउत कोरोना संक्रमण भएपछि यतिबेला होम आइसोलेसनमा हुनुहुन्छ । कोरोना संक्रमण पुष्टि भएपछि घरमै सुरक्षित भएर बसेको र आफूलाई कुनै गाह्रो नभएको वर्षाले इस्टाग्राम स्टोरीमा मार्फत जानकारी दिनुभएको छ ।

कोरोनालाई पराजित गर्न सुप, तातो पानी र भिटामिनहरूको सहारा लिइरहेको उहाले जनाउनु भएको छ । कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएकी उनलाई ज्वारो आउने, जिउ दुख्नेजस्ता लक्षण देखिएको छैन । तर, हल्का रुघाखोकी र स्वाद हराएको वर्षाले जानकारी गराउनु भएको छ ।

गाह्रो नभए लापरबाही गर्न नहुने उनले उल्लेख गर्नुभएको छ, ‘मलाई त्यस्तो गाह्रो भइरहेको छैन । तर, त्यसो भन्दैमा लापरबाही गरेर हिँड्नु हुँदैन । मैले धेरै खराब केसहरू पनि देखेको छु । त्यसैले तपाईंहरू घरमै बस्नुहोस्, आफ्नो ख्याल राख्नुहोस् ।’

यस्तै वर्षाले कोरोना निको भएपछि प्लाजमा दान गर्ने घोषणा पनि गर्नुभएको छ । कोरोनालाई हराइसकेका अरूहरूलाई पनि प्लाजमा दान गर्न उहाँले अनुरोध गर्नु भएको छ ।