मलेसियामा मे १२ तारिखदेखि जुन ७ सम्म देशब्यापी रुपमा एमसिओ लागू।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= मलेसियामा पनि पछिल्लो समयमा दिनानुदिन आक्रामक रुपमा फैलिदै गैइरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई मध्य नजरगर्दै मलेसियामा जारी,लागू गरिएको आवागमन नियन्त्रण आदेश एमसिओ (movement control order) को अवधी लम्ब्याउने भएको छ।

आज क्वालालम्पुरमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा स्थानीय सञ्चार माध्यम संगको कुराकानी क्रममा मलेसियाको प्रधानमन्त्री तान श्रि मुह्मदिन यासिनले जनताको नाममा सम्बोधन गर्दै यहीँ मिति सन् २०२१ , मे १२ तारिख बुधबारदेखि जुन ७ तारिखसम्म लागू हुनेगरि एमसिओ देशब्यापी (पुरै मलेसियाभरीनै) जारी गरिने प्रधानमन्त्री यासिनले बताउनुभयो।

               तस्बिरमा मलेसियाको प्रधानमन्त्री तान श्रि मुह्मदिन यासिन

साथै यस् एमसिओ भित्र कोरोना संक्रमण उच्च रहेको क्षेत्र,राज्य हरुमा मुख्य मुख्य ठाउँ – ठाउँमा रोड ब्लक गरि मलेसियन प्रहरी र आर्मी समेत परिचालन गरि कडाईका साथ चेकजाँच गरिरहेको साथै कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड एसओपी पालना नगर्ने हरु स्वदेशी , विदेशी कसैलाई पनि माफी नदिइने , कडा भन्दा कडा कारवाही गरिने मलेसिया सरकारले बताउनुभएको छ।

सरकारका अनुसार जारी एमसिओ अवधीको बिचमा एक राज्यबाट अर्को राज्यमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ। अत्यावश्यक काम बाहेक जथाभावी यताउता हिलडुल गर्न निस्केको क्रममा पक्राउ परे भारी आर्थिक रकम जरिवाना सहित जेल चलान पनि गर्न सकिने बताएको छ।

तस्बिरमा जारी एमसिओको अवधीमा प्रहरीद्वारा सडक बलक गरि चेकजाँच गरिदैँ।

साथै यस् माहामारीको समयमा विशेष गरि मुश्लिम समुदायको महानपर्व हरिराया (रामादान) को समयमा स्वदेशी , विदेशी लगायत सम्पुर्ण नागरिकहरुले सरकार ले तोकेको कोरोना संक्रमण सुरक्षा,स्वास्थ्य सम्बन्धि मापदण्डको पालना गर्नुहुनलाई अनुरोध समेत गर्नुभएको छ।

सामाजिक दुरिलाई कायम गरेर जिम हल भित्र बाहेक बाहिर चौर, खेल मैदानमा शारीरिक ब्यायाम गर्नलाई र धेरै भिडभाड नगरिकन खेलकुद खेल्नलाई पनि छुट दिइएको छ। साथै देशैभरीनै एमसिओ जारी गरिएपनि आर्थिक क्षेत्रहरु भने खुल्ला नै रहने जनाइएको छ।