एमालेको ह्वीप उल्लंघन गर्ने सांसदहरु, जसले गर्दा गयो ओलीको पद (नामावलीसहित)

काठमाडौं:= प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाउनु भएको छ । प्रतिनिधिसभामा हाल कामय रहको २७१ जना सांसदमध्ये प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ सांसद मात्र देखिएका हुन्। विश्वासको मत मत प्राप्त नभएसँगै ओली प्रधानमन्त्री पदबाट पदमुक्त हुनुभएको छ।

प्रधानमन्त्री  ओलीको विपक्षमा १२४ मत खसेको सभामुख अग्नि प्रसाद सापकोटाले घोषणा गर्नुभयो। संसद माधव नेपाल पक्षले बहिस्कार गरेको थियो । नेपाल पक्षका २८ जना सांसदहरुले सामूहिक रुपमा ह्वीप उल्लंघन गर्दै अनुपस्थित भएका हुन्।

पार्टी ह्वीप उल्लङ्घन गर्ने सांसद : 

१) योगेश भट्टराई
२) झलनाथ खनाल
३) पवित्रा निरौला खरेल
४) भवानी खापुङ
५) जयकुमार राई
६) यज्ञराज सुनुवार
७) गणेश पहाडी
८) विरोध खतिवडा
९) कृष्णलाल महर्जन
१०) माधवकुमार नेपाल
११) जीवनराम श्रेष्ठ
१२) नारायण खतिवडा
१३) घनश्याम भुसाल
१४) गोकर्ण विष्ट
१५) सोमप्रसाद पाण्डे
१६) मेटमणि चौधरी
१७) झपट रावल
१८) भीमबहादुर रावल
१९) दीपकप्रकाश भट्ट
२०) सुरेन्द्र पाण्डे
२१) रामकुमारी झाँक्री
२२) सरला यादव
२३) पुष्पाकुमारी कर्ण
२४) कल्याणी खड्का
२५) निरादेवी जैरु
२६) कलिला खान (उपस्थित भएर भोट नहालेको)
२७) लक्ष्मीकुमारी चौधरी
२८) मुकुन्द न्यौपाने