विश्वासको मतको पक्ष र विपक्ष दुवैमा नरहेको अध्यक्ष महन्थ ठाकुरको स्पष्टोक्ति।

काठमाडौं := जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले विश्वासको मतको पक्ष र विपक्ष दुवैमा नभएको प्रष्ट पार्नुभएको छ ।

आज प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने विशेष अधिवेशनमा बोल्दै उहाँले तटस्थ बस्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘हामी विश्वासको मतको पक्ष या विपक्ष दुवैमा छैनौं, तटस्थ बस्छौं,’ । उहाँले आफूहरुको पीडाको सुनुवाई नभएको र त्यसमा अहिलेको संविधान नै समस्या भएको बताउनु भयो ।

उहाँले संविधान संशोधनको माग पुन राख्नु भयो , उहाँले भन्नुभयो‘यो संविधानमा गम्भीर त्रुटीहरु छन् । हामी संविधान संशोधनको माग फेरि राख्छौं’, ।

अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीले आफूहरुको कुरा सुनेको भन्दै धन्यवाद समेत दिनु भयो  । ओली सरकारले आफ्ना नेता कार्यकर्ता गरी १२० जनाको मुद्दा फिर्ता गरेकोमा उहाँले धन्यवाद भन्नुभयो ।