प्रधानमन्त्री पदबाट ओलीलाई आजै बिदाई गर्नुपर्छ: डा. बाबुराम भट्टराई।

काठमाडौं := प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन्। यसै बिचमा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराइले ओलीलाई आजै प्रधानमन्त्रीको पदबाट बिदाई गर्नुपर्ने बताएका छन्।

बाबुरामले चार प्रमुख कारण पेश गर्दै ओलीलाई आजै बिदाई गर्नुपर्ने तर्क गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘ओलीलाई आजै विदाइ गर्नुपर्ने प्रमुख कारण: १. कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको। २.संविधान विपरित संसद बिघटन गरेर र २/३ नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको। ३.संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको। ४.खोप/औषधि खरिदमा समेत भ्रष्टाचार गरेको!’

जसपाले प्रधानमन्त्रीले मागेको विश्वासको मतमा तथस्ठ रहने निर्णय गरेपनि बाबुरामले भने विपक्षमा मतदान गर्ने बताएका छन्।