काठमाडौं:= चीनबाट स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज चीन जाने भएको छ ।
चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइडबडी जहाज बेइजिङ जान लागेको हो । जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ ।




















