जेरुसलमस्थित मस्जिद भित्र इजरालयी प्रहरी र प्यालेस्टाइनी नागरिकबिच झडप।

एजेन्सी := जेरुसलममा रहेको अल अस्का मस्जिदमा इजरायली प्रहरीको कारवाहीमा १७० भन्दा बढी प्यालेस्टाइनी नागरिक घाइते भएका छन्।

प्यालेस्टाइन र इजरायलबिच भूमिको विषयमा पहिला देखिँनै विवाद हुँदै आइरहेको छ। अहिले जेरुसलममा फेरि दुई देशबिचको विवाद सार्वजनिक भएको हो।

इजरायली प्रहरीले मस्जिदमा प्रार्थना गरिरहेका प्यालेस्टाइनीहरुलाई निकाल्ने प्रयास गर्दा मुठभेड समेत भएको थियो। रमदानको अन्तिम शुक्रवार उक्त मस्जिदमा हजारौं प्यालेस्टाइनीहरु पुगेर प्रार्थना गरेका थिए। साथै, इजरायलले आफ्नो भूमि भन्दै दाबी गर्दै आएको क्षेत्रबाट प्यालेस्टाइनीहरुलाई हटाएकोमा विरोध समेत गरेका थिए।

केही समयदेखि इजरायली सुरक्षाकर्मीले प्यालेस्टाइनी नागरिकमाथि दमन गर्दै आएको मानवअधिकारवादी संस्थाहरुले उल्लेख गरेका छन्। साथै, सयौं प्यालेस्टाइनीलाई पक्राउ समेत गरिएको छ।