कक्षा ८ का छात्राहरुलाई साइकल बितरण।

[ अभय दुबे ] 

बारा := प्रदेश नम्बर २ को मुख्यमन्त्रीको अभियान बेटी पढाउ , बेटी बचाउ कार्यक्रम अन्तर्गत श्री मा.वि. दुधिअवा रौतहटमा कक्षा ८ मा अध्ययनरत ३३ जना छात्राहरुलाई साइकल बितरण गरिएको छ ।

जसपा का प्रदेश प्रतिनिधि राजेन्द्र पटेलको बिशेष पहलमा हालै मात्र प्राप्त भएको उक्त ३३ थान आज समारोहकाविच स्वास्थ्य मापदण्ड पुरा गर्दै जसपा प्रदेश प्रतिनिधि राजेन्द्र पटेल , सहायक प्र अ रन्जन खरेल,वडा अध्यक्ष मनोज चौधरी, बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम चौधरी, कृष्ण मैनाली , कमला पान्डे , गनी महतो शिक्षक इन्जीनियर अमित साह लगायतका ब्यक्तिहरुको उपस्थितिमा साईकल बितरण गरिएको थियो ।

गत वर्ष पनि साईकलका लागि पहल गरिएको भएता पनि (कोभिड-१९) ले निम्त्याएको लक डाउनका कारण उक्त प्रक्रियामा बाधा पुगेको थियो भने यस वर्ष समयमै पहल गरिएकाले साईकल समयमै उपलब्ध हुन सकेको जसपा प्रदेश प्रतिनिधि राजेन्द्र पटेलले बताउनु भयो ।