भारतमा कोरोनाले एकैदिन ४ हजार बढीको मृत्यु, संक्रमितको संख्या २ करोड बढी।

एजेन्सी := नेपालको छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रण बाहिर गएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक र जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ४ हजार १९४ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मर्नेको कूल संख्या २ लाख ३८ हजार २६५ पुगेको छ।

त्यस्तै, सोही अवधिमा ४ लाख १ हजार २१७ नयाँ संक्रमित थपिएका छन् । यससँगै हालसम्मका कूल संक्रमितको संख्या २ करोड १८ लाख ८६ हजार ५५६ पुगेको छ । भारतमा कोरोना सक्रिय संक्रमितको संख्या ३७ लाख बढी पुगेको छ ।