काठमाडौं:= नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित ट्वीट गर्नु भएको छ । केहीबेर अघि झाँक्रीले हामी त डुब्छौ नै, हामी सत्यनास हुनु नै छ तर तिमीलाई पनि लिएरै डुब्ने बताउनु भएको छ । कसैलाई मेन्सन नगरिएको भएपनि उहाँको यो ट्वीट प्रधानमन्त्री लक्षित भएको अनुमान गरिएको छ ।
प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने दिन नजिकिदैँ गर्दा नेतृ झाँक्रीको यो भनाइ अर्थपूर्ण रहेको अनुमान गरिएको छ । डुब्नबाट जोगिन दम्भ, अहंकार र जिद्दी छोडेर किनारा खोज्न झाँक्रीले भन्नुभएको छ ।





















