क्वालालम्पुर (मलेसिया):= मलेसियाको सेलाङ्गर,क्वालालम्पुर लगायतको राज्यहरुमा आज ६ तारिख बिहिवारदेखि मे १७ तारिख सोमबारसम्म पुनः मोभमेन्ट कन्ट्रोल अर्डर (एमसिओ) लागू गरिएको छ।
एमसिओ लागू भएसंगै सेलाङ्गर राज्य भित्र पर्ने पेटालिङजाया जिल्लामा पर्ने सुङ्गारबुलो, कोतादामानसारा,दामानसारा,सुबाङ्ग लगायतको विभिन्न ठाउँ – ठाउँको सडकहरु मलेसियन प्रहरीद्वारा ब्लक,बन्द गरि आवातजावतमा नियन्त्रण गरिएको छ।
पेट्रोलिंगजाया जिल्ला प्रहरी प्रमुख एसीपी मोहम्मद फखरुद्दीन अब्दुल हामिदले भने कि, “पुलिसले सडक बलक गरि आफ्नो तैनाती बढाउनेछ र कोरोना संक्रमण रोकथाम गर्नलाई जारी गरिएको मानक अपरेटिंग प्रक्रिया (एसओपी) को पालना अनुगमन गर्न पेट्रोलिंगजाया सिटी काउन्सिललाई सहयोग गर्नेछ उनले भने।”
हरिरायालाई लक्षित गरि लागू गरिएको एमसिओ क्षेत्रभित्र जथाभावी यताउता हिलडुल गर्न र भिडभाड गर्न मलेसिया सरकारले रोक लगाएको छ। साथै एमसिओ लागू भएको क्षेत्रहरुमा बाहिरी जिल्ला र अन्य राज्यहरुबाट प्रवेश प्रतिबन्ध गरिएको छ। Bernama




















