एजेन्सी := पश्चिम बंगालको मुख्यमन्त्रीमा ममता बनर्जीले शपथ लिएकी छन्। स्थानीय समयअनुसार १०: ४५ मा आज राज भवन पुगेर उनले तेस्रोपटक बंगालको मुख्यमन्त्रीको बागडोर सम्हालेकी हुन्।
बनर्जीले २०११ को मे २० मा पहिलोपटक र २०१६ को मे २७ मा दोस्रोपटक मुख्यमन्त्रीको पदमा शपथ लिएकी थिइन्। गभर्नर जगदीप धनखरबाट शपथ लिएकी उनले मन्त्रिपरिषद् भने केही दिनपछिमात्र विस्तार गर्नेछिन्।
बंगालमा तृणमुल कांग्रेसले भारी जितपछि आज उनले आज मुख्यमन्त्रीको पद सम्हालेकी हुन्। पछिल्लो निर्वाचनमा बनर्जी नंदीग्राममा पराजित भएकी थिइन्। मुख्यमन्त्रीमा शपथ लिएकी उनले कुनै अरु सिटमा चुनाव लड्नुपर्ने बताइएको छ।




















