सर्ट फिल्मबाट सरोज खनाल उत्कृष्ट निर्देशक।

काठमाडौं:= काठमाडौंमा हालै सम्पन्न नेपाल सर्ट फिल्म अवार्ड २०७७ मा अभिनेता सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जित्नु भएको छ । अभिनेता सरोज खनालले पहिलो पटकको निर्देशनमै यो अवार्ड जित्नु भएको हो । यस्तै प्रतियोगितामा उत्कृष्ट सर्ट फिल्मको अवार्ड तेजेन्द्रप्रसाद कँडेल निर्मित ‘देशमाथि‘ले जितेको छ ।

स्टार वान इन्टरनेटमेन्ट र विलक्षण क्रियनसले हालै आयोजना गरेको नेपाल सर्ट फिल्म प्रतियोगितामा यो अवार्डका १९ वटा सर्ट फिल्म सहभागी थिए । जसमध्ये आठवटा सर्ट फिल्म अवार्डमा चयन भएको कार्यक्रम निर्देशक एवं नेपाल चलचित्र संयोजक समाजका उपाध्यक्ष राजु अधिकारीले बताउनु भएको छ ।

अवार्ड विजेताहरूलाई पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्री, अभिनेता रविन्द्र खड्का, रमेश बुढाथोकी, नवल खड्कालगायतले एक समारोहबीच अवार्ड प्रदान गर्नुभएको थियो । सर्वोत्कृष्ट खल पात्रको अवार्ड कलाकार तुलसीप्रसाद श्रेष्ठले चलचित्र नशाबाट, सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड अभिनेता शेखर खनालले चलचित्र धुर्त काजीबाट हाँसिल गर्नुभयो ।

यस्तै सर्वोत्कृष्ट नवनायकको अवार्ड सुरज पोखरेलले चलचित्र हाम्रो नाताबाट, सर्वोत्कृष्ट नायकको अवार्ड अभिनेता धु्रवदत्तले चलचित्र चलचित्र सहाराबाट, सर्वोत्कृष्ट नवनिर्देशकको अवार्ड निर्देशक आशुतोष अधिकारीले चलचित्र हाम्रो नाताबाट हाँसिल गर्नुभयो ।

सर्वोत्कृष्ट कथाको अवार्ड आरती अधिकारी आचार्यले चलचित्र लकडाउनबाट, सर्वोत्कृष्ट कथा (डायस्पोरा)बाट पुरु राईले चलचित्र सहाराबाट प्राप्त गर्नुभयो । अवार्ड समारोहमा निर्देशकतर्फको जुरी अवार्ड केडी प्रशितलाई चलचित्र मेरो भगवानबाट प्रदान गरियो । यस्तै सर्ट फिल्म निर्देशकको इनकरेजमेन्ट अवार्ड अमीर बरालले चलचित्र ज्यान जाने पिरिमबाट प्राप्त गर्नुभयो ।