काठमाडौं:= कोरोना भाइरस (कोभिड-१९) क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले कोरोना संक्रमित १० वटा देश र नेपालबीच हुने अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाउन सिफारिस गरेको छ।
सिसिएमसीको शुक्रबार बसेको बैठकले कोरोना प्रभावित मुलुक भारत, बेलायत, अमेरिकालगायत मुलुकमा अन्तर्राष्ट्रिय उडान नगर्न मन्त्रिपरिषदमा सिफारिस गरेको हो।
बैठकले आन्तरिक उडान पनि बन्द गर्न प्रस्ताव गरेको सिसिएमसीका सदस्य स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले बताए।परिस्थिति काबुबाहिर जान सक्ने भएकाले यस्तो सिफारिस गरिएको उनले बताए।




















