काठमाडौं := अहिले विश्वभर कोरोना भाइरस (कोभिड-१९) को संक्रमण आक्रामक रुपमा फैलिएको छ। कोरोनाले अहिलेसम्म विश्वभर १५ करोड ११ लाख ८६ हजार २२९ जना मानिस संक्रमित भएको छ , भने ३१ लाख ८१ हजार ५९ जना मानिसहरुले ज्यान गुमाईसकेको छ।
नेपालमा पनि कोरोना सङ्क्रमणको जोखिम उच्च बिन्दुमा पुगिसकेको छ। तर यस्तै माहामारीकौ अवस्थामा पनि वैदेशिक रोजगारीमा जाने नेपाली हरुको संख्या घटेको छैन।
वैदेशिक रोजगार विभाग नेपालको तथ्यांक अनुसार गएकाे चैत महिनामा मात्रै ३० हजार ३५ जना पुरुष र २ हजार १ सय ७ जना महिला गरि जम्मा ३२ हजार एक सय ४२ जना
नेपाली हरु वैदेशिक रोजगारीमा गएका छन्। यो नेपाल सरकारले श्रमको लागि खुल्ला गरेकामध्ये ७३ देशमा जानेहरुको संख्या हो।
यसमध्ये १५ हजार ५ सय २६ जना पहिलोपटक श्रम स्वीकृति लिएर विदेश गएका हुन् भने बाँकी एक पटक विदेश गएर बिदामा आएर फेरि गएकाहरु हुन् । पछिल्लो समय राेजगारीकाे लागि साउदी जानेको संख्या बढी देखिएको छ ।
चैतमा मात्रै १० हजार ३ सय ७६ जना साउदी गएका छन् । यस्तै कतारमा ९ हजार ७ सय ४३ र यूएईमा ७ हजार २ सय १ जना रोजगारीको लागि विदेशमा गएको विभागले जनाएको छ।




















