दाङमा आज देखी ९ दिन सम्म पुर्ण लकडाउन।

दाङ:= दाङमा आज गतेदेखि ९ दिनसम्म पुर्ण लकडाउन भएको छ । लकडाउनपछि बिहानैदेखि दाङका मुख्य शहरी क्षेत्रहरु सुनसान छन । दाङका मुख्यमुख्य चोकमा सुरक्षाकर्मीले कडाइका साथ चेकिङ गरिरहेका छन्।

बिहानैदेखि सुरक्षा व्यवस्था कडाइ पारिएको छ । लकडाउन कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी परिचालन गरिएको प्रहरी प्रबक्ता एब डिएसपी मुकुन्द प्रशाद रिजालले वताउनुभयो। प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा घोराहीमा मंगलबार बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले वैशाख १७ गते बिहानदेखि २५ गते बेलुका ६ बजेसम्म पुर्ण लकडाउन गर्ने निर्णय गरेको थियो।

दाङमा कोरोना भाइरसको संक्रमन तीव्र गतिमा बढ्दै गएपछि नियन्त्रण र रोकथाम गर्नका लागि ९ दिन लकडाउन घोषणा गरिएको हो। जिल्लामा अहिले १ हजार १ सय ४१ जना संक्रिय संक्रमित रहेका छन् भने कुल संक्रमितको संख्या ४ हजार २ सय ८५ पुगेको छ ।अहिले सम्म ३ हजार १ सय ६ जना निको भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।

मंगलबार बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले तुलसीपुर र घोराही उप(महनगरपालिकामा अक्सिजनसहितको ४०र४० बेडको आइसोलेसन र  जिल्लाका अन्य ८ वटा पालिकाहरूमा २०र२० बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन निर्माण गर्ने निर्णय पनि गरेको छ।

बैठकले बेलझुण्डी कोरोना विशेष अस्पतालाई ६५ बेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १०० बेडको  बनाउने निर्णय पनि गरेको छ।बैठकले बेलझुण्डी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूलाई खाना खुवाउन आवश्यक पर्ने रकम तुलसीपुर र घोराही उप(महानगरपालिकाले समान  डेढरडेढ लाख, बंगलाचुली, बबई, शान्तिनगर र दंगिशरण गाउँपालिकाबाट समान एकरएक लाख रकम दिने निर्णय पनि गरेको छ ।