[ आरएन चौधरी थारु ]
क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरस (कोभिड-१९) ले संक्रमित हुनेको संख्या ४ लाख १ हजार ५९३ जना पुगेको छन, भने संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १,४७७ जना पुगेको छ।
यहीँ मिति सन् २०२१ , अप्रिल , २८ तारिख, बुधबारको दिन कोरोनाको कारण थप १५ जना नागरिकको मृत्यु भएकोले बढेर अहिलेसम्म जम्मा मृत्यु हुनेको संख्या १,४७७ जना पुगेको हो।
आज मात्रै पुनः ३,१४२ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज १,८२२ जना निको भएसंगै जम्मा ३ लाख ७३ हजार ३९७ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।






















