मलेसियाको ५ राज्यमा सिएमसिओको अवधी थप, हरिरायामा एक राज्यबाट अर्को राज्यमा यात्रा प्रतिबन्ध।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण पुनः आक्रामक रुपमा फैलिदै गैइरहेको र दिनहुँजसो कैयौं मानिस हरुको मृत्यु भैइरहेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांक ले देखाउछ।

मलेसिया सरकारले बढ्दै गैइरहेको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि यहाँ का पाँच वटा राज्यमा लगाएको शसर्त आवागमन नियन्त्रण आदेश (conditional movement control order) सिएमसिओको अवधी आउदो महिना मेय १७ तारिखसम्मको लागि थप गरेको छ।

मलेसियामा कोरोना संक्रमित नया बिरामिको संख्या दिनादिन बढ्न थालेपछि अति प्रभावित ५ वटा राज्य क्रमशः क्वालालुम्पुर, जोहोरबारु, पेनाङ, सरावक र सेलाङगरमा जारी सिएअसिओको अवधी थप गरिएको मलेसिया सरकारको वरिष्ठ रक्षामन्त्री दातो श्रि इस्माईल साब्री बिन याकोबले मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो।

मलेसियाको मुश्लिम समुदायको प्रमुख पर्व हरिरायालाई लक्षित गरि कोरोना बढ्न सक्ने सम्भावनालाई विशेष ध्यानमा राखेर जारी गरिएको सिएमसिओ लागेका राज्यबाट अर्को राज्यमा प्रशासनको अनुमति बिना आवतजावत निषेध गरिएको , एक राज्यबाट अर्को राज्यमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ।

त्यस्तै एकै राज्य भित्रका जिल्लाहरुमा स्वास्थ्य मापदण्ड पालना गरि, कोरोना सम्बन्धि सुरक्षा सतर्कता अपनाएर यताउता आवतजावत गर्न कसैसंग पनि अनुमति लिन नपर्ने बरिष्ठ रक्षामन्त्री साब्रीले सो पत्रकार सम्मेलन मार्फत स्पष्ट पार्नुभयो।
यो समाचार स्थानीय पत्रीका द-स्टारबाट नेपाली भाषामा अनुवाद गरिएको हो।

 

advertise