काठमाडौं := अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर हुने विदेश यात्रालाई रोक लगाउने भएको छ।
कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि वैशाख १५ गते राति १२ बजेबाट लागू हुने गरी ट्रान्जिटको रुपमा यात्रा गर्नेलाई निधेष गरिएको विभागले जनाएको छ। अध्यागमन विभागका अनुसार नेपाललाई अन्तिम गन्तव्य बनाई आगमन गर्न र नेपालबाट विदेश जान भने कुनै रोकतोक छैन।





















