एजेन्सी:= थाइल्याण्डका प्रधानमन्त्री जनरल प्रयुत चान ओचालाई मास्क नलगाएको आरोपमा ६ हजार भाट जरिवाना गरिएको छ।
थाइल्याण्डमा कोरोना खोप अभियानका बिषयमा आफनै अध्यक्षतामा आह्वान गरिएको बैठकमा प्रधानमन्त्री चान ओचाले मास्न नलगाएको भन्दै उक्त रकम बराबरको जरिवाना गरिएको हो। बैंककका गभर्नर अश्विन क्वांमुआंगका अनुसार प्रधानमन्त्री बिना मास्क बैठकमा सहभागी भएको भन्दै प्रहरीमा उजुरी परेपछी कारबाही गरिएको हो।
यसअघि प्रधानमन्त्री स्वयंले थाइल्याण्डमा कोरोना महामारीका बीच मास्क नलाउने जो कोहीलाई २० हजार भाट जरिवान गर्ने नियम लागु गर्नुभएको थियो। थाइल्याण्डमा कोरोनाका कारण हालसम्म १ सय ४८ जनाको मृत्यु भइसकेको छ भने ५७ हजार ५ सय बढी संक्रमित छन्।




















