मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते नवीन तामाङको उपचारको क्रममा मृत्यु।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= मलेसियामा रोजगारीकै क्रममा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएर अस्पतालमा उपचाररत नेपाली श्रमिक नवीन घिसिङ तामाङको मृत्यु भएको छ।

नवीन घिसिङ तामाङ मलेसियाको जोहोरबारुमा अवस्थित बिजिएस सेक्युरिटी एसडिएन बिएचडी (BGS SECURITY SDN BHD) नामक सेक्युरिटी कम्पनीसंग आबद्द रहि बिगत डेढ बर्षदेखि सुरक्षागार्डको रुपमा काम गर्दै आएका थिए।

तस्बिरमा मोटरसाइकल दुर्घटनामा परेर रुखमा ठोकिँएर गम्भीर घाइते भएका नवीन घिसिङ तामाङ

नेपाल ठेगाना जिल्ला ओखलढुंगा , सुनकोसी गाउँपालिका निवासी नवीन घिसिङ तामाङ आजभन्दा चार दिन अगाडि सन् २०२१ , अप्रिल २२ तारिख बिहिवारको दिन आफ्नो कार्यक्षेत्रमै आफैले चलाईरहेको मोटरसाइकल अनियंत्रित हुन पुग्दा रुखमा ठोकिएर गम्भीर घाइते हुनुभएको थियो।

कम्पनीको सहयोगमा गम्भीर घाइते तामाङको उपचारको लागी जोहोरकै अस्पतालमा भर्ना गरिएको थियो। तर अस्पतालमा उपचाररत रहेकै अवस्थामा आज अप्रिल २६ तारिख , सोमवारको दिन बिहान करिब ०४:०० बजेतिर उपचारकै क्रममा मृत्यु भएको मलेसिया क्वालालम्पुर स्थित नेपाली दूतावासको जनसम्पर्क अधिकृत टेक बुढाले मलाया खबरलाई जानकारी गराउनुभएको छ।

उपचारको लागी अस्पतालमा भर्नारत बेहोशी अवस्थामा नवीन तामाङ

दूतावासका अधिकृत बुढाले बताए अनुसार अस्पतालको आधिकारिक पोस्ट्मार्टम रिपोर्ट आउन बाकी रहेको भए ता पनि डाक्टरले दिइएको जानकारी अनुसार गम्भीर घाइते तामाङको दुर्घटनाका बेलामा रुखमा ठोकिँदा टाउकोमा गम्भीर चोट लागेको कारण र अत्याधिक रक्त स्राव भएको कारणले मृत्यु भएको हुन सक्ने आशँका गरिएको छ।

दूतावासका अनुसार मृत्यु भएका तामाङको पार्थिव  शव नेपाल पठाउने आवश्यक कानुनी प्रक्रिया देखी लिएर , मृतकले पाउने आवश्यक क्षतिपुर्तिको लागी समेत पहल गरिने बताउनुभएको छ।

advertise