सुर्खेतमा एक हप्ता लकडाउन गर्ने निर्णय।

सुर्खेत:= सुर्खेतमा भोलि (मंगलबार) देखि लागू हुने गरी एक हप्ता लकाउन हुने भएको छ । कोरोना संक्रमणमा तिब्रता आएपछि एक हप्ताका लागि लकडाउन गर्न लागिएको हो ।

जिल्ला कोरोना संकट व्यवस्थापन समितिले भोलि राति १२ बजेदेखि एक हप्ता लकडाउन गर्न सिफारिस गरेपछि उक्त सिफारिसको कार्यान्वयन गर्ने निर्णय गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभएको छ।

‘भोलिदेखि जिल्लाभर एक हप्ता लकडाउन गर्ने निर्णय भएको छ,’ रिजालले भन्नुभयोे, ‘कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि लकडाउन गर्न लागिएको हो। सुर्खेतमा मात्रै ३०० बढी सक्रिय कोरोना संक्रमित छन् ।