एजेन्सी := क्लोई चाउ निर्देशित ‘नोम्याडल्यान्ड’ ९३ औं ओस्करमा उत्कृष्ट फिल्म घोषित भएको छ । चाउले निर्देशनतर्फ ओस्कर जित्ने दोस्रो महिलाको इतिहास बनाएकी छिन् ।क्याथरिन बिगोलोपछि ओस्कार जित्ने उनी दोस्रो महिला निर्देशक हुन् ।
यही फिल्मबाटै फ्रान्सेस म्याकडोरमेन्डले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दा ‘द फादर’बाट एन्थोनी होप्किन्सको अभिनेतातर्फको अवार्ड उचाले । यजङ उङले ‘मिनारी’बाट उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड प्राप्त गरिन् भने डेनमार्कको ‘एनोदर राउन्ड’ अन्तर्राष्ट्रिय फिचर फिल्म घोषित भयो ।
नोम्याडल्यान्ड अमेरिकाका मध्यमवर्ग र निम्नवर्गका मानिसले आर्थिक अवस्थाका कारण भोग्नुपरेको पीडा तथा जीवनको संघर्षलाई काव्यिक रूपमा प्रस्तुत गरेको छ। उक्त फिल्म अस्करको चार विधामा नोमिनेसनमा परेको थियो।
यस फिल्मको कथा अमेरिकी पत्रकार जेसिका ब्रुडरको गैरआख्यान कृति नोम्याडल्यान्ड: सर्भाभिङ अमेरिका इन द ट्वान्टीफर्स्ट सेन्चुरीमा आधारित छ। उक्त पुस्तकमा ब्रुडरले सन् २००८ मा आर्थिक मन्दीको स्थिति आएपछि वृद्ध अमेरिकीहरू कामको खोजीमा घुमन्ते जीवन बिताएको विषय उठाएकी छन्। नोम्याडल्यान्डले यसअघि पनि विभिन्न उत्कृष्त अवार्डहरु जितिसकेको छ।
यस्तो ओस्कर विजेताको सूची :
उत्कृष्ट फिल्म
नोम्याडल्यान्ड
निर्देशक
क्लोई चाउ (नोम्याडल्यान्ड)
उत्कृष्ट अभिनेता
एन्थोनी होप्किन्स (द फादर)
उत्कृष्ट सह-अभिनेता
ड्यानियल कलुया (जुडस एण्ड दि ब्ल्याक मसाया)
उत्कृष्ट अभिनेत्री
फ्रान्सेस म्याकडोरमेन्ड (नोम्याडल्यान्ड)
उत्कृष्ट सह-अभिनेत्री
यजङ उङ (मिनारी)
एनिमेटेड फिचर फिल्म
सोल
सिनेम्याटोग्राफी
म्यांक
कस्ट्युम डिजाइन
मा रेनिज ब्ल्याक बटम
डकुमेन्ट्री फिचर
माई अक्टोपस टिचर
डकुमेन्ट्री सर्ट सब्जेक्ट
कलेट
फिल्म सम्पादन
साउन्ड अफ मेटल
अन्तर्राष्ट्रिय फिचर फिल्म
एनोदर राउन्ड (डेनमार्क)
मेकअप एण्ड हेयर स्टाइलिङ
मा रेनिज ब्ल्याक बटम
संगीत
सोल
गीत
फाइट फर यु (जुडस एन्ड द ब्ल्याक मसाया)
प्रोडक्सन डिजाइन
म्यांक
सर्ट फिल्म (एनिमेटेड)
इफ एनिथिङ ह्यापेन्स आइ लभ यु
सर्ट फिल्म (लाइभ एक्सन)
द टु डिस्टेन्ट स्ट्रेन्जर्स
ध्वनि
साउन्ड अफ मेटल
भिजुअल इफेक्ट्स
टेनेट




















