भारतमा कोरोना भाइरसले एकैदिन २ हजार ७ सय ६० जनाको मृत्यु।

एजेन्सी:=भारतमा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढ्द्ै जांदा मृत्यु दर पनि उकालो लागेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २७ सय ६० जनाको मृत्यु भएको छ । राजधानी नयाँ दिल्लीका अस्पतालहरुमा अक्सिजन अभाव हुँदा संक्रमितको धमाधम मृत्यु हुन थालेको छ ।

दिल्लीमा हिजो एकैदिन २४ हजार १ सय बढी संक्रमित हुँदा ३ सय ५७ जनाको मृत्यु भएको छ । जसका ५० भन्दा बढीको अक्सिजन अभावका कारण मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।

जयपुरमा अक्सिजन अभावका कारण २० भन्दा बढी संक्रमितको मृत्यु भएको छ । महाराष्ट्र, मध्य प्रदेश, पंजाव, हरियाणामा पनि अक्सिजन अभाव हुँदा संक्रमितहरुको उपचार थप जटिल बनेको चिकित्सकहरुले जनाएका छन् ।

[तस्बिरमा कोरोनाले मृत्यु भएकाहरूको शव दहन गर्दै]
कतिपय राज्यहरुमा संक्रमितको चाप बढेपछि खुला अस्पतालको अवधारणा अन्तर्गत संक्रमितहरुका लागि अस्पतालकै कम्पाउण्डमा खुला अस्पताल सञ्चालनमा ल्याइएको छ ।

भारतमा पछिल्लो केही दिनयता ३ लाख बढी कोरोना संक्रमित थपिन थालेका छन् । हाल त्यहाँ संक्रमितको सख्या १ करोड ६९ लाख ५१ हजार ६ सय बढी रहंदा १ लाख ९२ हजार ३ सय ९ जनाको मृत्यु भइसकेको छ ।#photo source : reuters