पशुपतिनाथ मन्दिर शुक्रबार बाट अनिश्चितकालीन बन्द।

sf7df8f}F, ( kmfu'g M dxflzj/flqsf] cj;/df ;Dk"0f{ lxGb"sf nflu ;a}eGbf dxTjk"0f{ / kljq:yn sf7df8f}Fsf] kz'kltgfy dlGb/df bz{g ug]{ z'qmaf/ bz{gfyL{x?sf] eL8 . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं := कोरोना संक्रमणको जोखिमका कारण पशुपतिनाथ मन्दिर शुक्रबारबाट बन्द गरिएको छ । पशुपति क्षेत्र विकास कोषले शुक्रबारबाट दर्शनार्थीलाई रोक लगाउने र नित्य पूजामात्रै गर्ने निर्णय गरेको हो ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलन कुमार थापाले पशुपतिनाथ, गुह्येश्वरी लगायतका मन्दिरहरुमा अनिश्चितकालका लागि नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी रोक लगाइएको बताए ।

कोरोना संक्रमणका कारण २०७६ चैत ११ गतेदेखि ९ महिनासम्म पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो । संक्रमण केही कम भएपछि २०७७ पुस १ गतेदेखि पुनः पशुपतिनाथ मन्दिर खुल्ला गरिएको थियो ।