ओलीले बनाए एमालेमा नयाँ स्थायी कमिटीः बादल र रायमाझी थपिँदा नेपाल पक्षलाई हटाइयाे।

काठमाडौं := नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टी को नयाँ स्थायी कमिटी गठन गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष ओलीले माधव नेपाल पक्षधर नेताहरूलाई हटाउँदै आफ्नो पक्षमा रहेका स्थायी कमिटी सदस्यहरुलाई नै एमालेको स्थायी कमिटीमा रुपान्तरण गरेका हुन् । जसमा माओवादी परित्याग गरी एमाले प्रवेश गरेका नेता र वामदेव गौतमलाई पनि स्थायी कमिटी सदस्यमा राखिएको छ ।

स्थायी कमिटीमा ओली, गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुबीर महासेठ, केशव बडाल र पुष्पराज कँडेल सदस्य रहेका छन् ।