त्रिकोणात्मक टी–२० क्रिकेटमा ऐरी र भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सलाई नेपालको २ सय ७ रनको लक्ष्य।

काठमाडौं := ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०६ रन बनाएको हो ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि कुशलले अर्धशतक बनाएका हुन् । कुशलले लगातार तेस्रो खेलमा अर्धशतक बनाएका छन् । कुशलले ४१ बलमा अर्धशतक बनाए । अर्धशतक बनाउने क्रममा उनले ६ चौका र १ चौका प्रहार गरे । कुशल ६२ रनमा आउट भए ।

यस्तै दीपेन्द्रले आक्रामक ब्याटिङ गर्दै ६० रन बनाए । उनले १६ औं ओभरको पहिलो बलमा नेदरल्याण्ड्सका कप्तान पिटर सिलारलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । उनले २८ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे । अर्को बलमा पनि छक्का प्रहार गरेका दीपेन्द्र त्यसपछि आउट भए । उनले ३० बल खेल्दै ३ चौका र ५ छक्का मद्दतमा ६० रन बनाए ।