संसदको अधिवेशन अन्त्य भएकै भोलिपल्ट सभामुख बिरुद्ध हत्या मुद्धामा पेशी चढ्यो,के गर्ला सर्वोच्चले?

काठमाण्डौं:= संसदमा सरकारलाई सहयोग नगरेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट बनिरहेको र संसदको हिँउदे अधिवेशन समेत अन्त्य भएका बेला सभामुख अग्नी सापकोटा बिरुद्ध सर्वोच्चमा तीन वटा द्धन्दकालीन मुद्धाको एकमुष्ट पेशी चढेको छ ।

काभ्रेका अर्जुन लामाको हत्या सहित तीन वटा मुद्धाको आज एकमुष्ट पेशी चढाईएको छ । राष्ट्रपतिका पूर्व सल्लाहकार सुशील प्याकुरेल र कनकमणि दिक्षितसहितले हालेको रिट निवेदनको पेशी आजै चढ्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।यद्यपि, सर्वोच्चले के फैसला गर्ने हो एकीन भने छैन ।