कविता : नजम्मिँदै किन मर्छे छोरी?

[ लेखक : मुना दाहाल ] 

नारी तिमी हौँ जगकी उज्याली ।

हुँदैन शोभा घर राख्दा खाली ।

पार्नेछौ शान्ति मन मैलो फाली,

अन्याय गर्छन् अझै नारी बाली ।।

 

रूवाइ नारी कहाँ मिल्ला शान्ति ।

नराख्नु भाव कमजोर त्यो भ्रान्ति ।।

अथाह शक्ति नारी भित्र हुन्छ ।

यिनै नारीका आँसुले पिरोल्छ ।।

दैवीय शक्ति नारीमा अभ्यस्त ।

माया ममता खानीकै प्रसस्त ।।

कठोर हुन्न नारीका हृदय ।

कोमल छिन् यिनी सबकी हुन् हाय !!

यस्ती नारीको गुणगान भेटिन्न

सुरक्षित भई गर्भमै रहिनन् ।

न दाजुभाइ न त बाबु काका,

मारेर हाल्छन् वन भिर पाखा।।

हे नारी ! तिम्रो जहाँ हुन्न कदर ।

त्यस भूगोलमा जन्म गर्देउ बदर ।।

स्त्री बिनाको जग कस्तो होला ?

धर्ती कोलाहल् भई तब रोला ।।

मार्ग प्रशस्ति अब खोल्नु पर्छ।

हे नारी ! तिमी अब जाग्नु पर्छ ।।

झिना मसिना काममा नअल्झि ।

अन्याय मेरो कर्म हो नसम्झी !!

उठाउ आवाज बुलन्दै पारी ।

रमाउने वस्तु मात्र होइन् नारी ।।

कोमलसँगै कठोर मन छ ।

नारी हक वर्ष दिन नै चाहिन्छ ।।

सडक,सदन, गोष्ठीभित्र होइन् ।

त्यी अधिकार छाउगोठमा खोइ र?

नजन्मदैका छोरी मरी रहे ।

मानव साँच्चै अब दानव भए ।।

सर्लाही– हाल भैसेपाटी,ललितपुर ।