[ लेखक : मुना दाहाल ]
नारी तिमी हौँ जगकी उज्याली ।
हुँदैन शोभा घर राख्दा खाली ।
पार्नेछौ शान्ति मन मैलो फाली,
अन्याय गर्छन् अझै नारी बाली ।।
रूवाइ नारी कहाँ मिल्ला शान्ति ।
नराख्नु भाव कमजोर त्यो भ्रान्ति ।।
अथाह शक्ति नारी भित्र हुन्छ ।
यिनै नारीका आँसुले पिरोल्छ ।।
दैवीय शक्ति नारीमा अभ्यस्त ।
माया ममता खानीकै प्रसस्त ।।
कठोर हुन्न नारीका हृदय ।
कोमल छिन् यिनी सबकी हुन् हाय !!
यस्ती नारीको गुणगान भेटिन्न
सुरक्षित भई गर्भमै रहिनन् ।
न दाजुभाइ न त बाबु काका,
मारेर हाल्छन् वन भिर पाखा।।
हे नारी ! तिम्रो जहाँ हुन्न कदर ।
त्यस भूगोलमा जन्म गर्देउ बदर ।।
स्त्री बिनाको जग कस्तो होला ?
धर्ती कोलाहल् भई तब रोला ।।
मार्ग प्रशस्ति अब खोल्नु पर्छ।
हे नारी ! तिमी अब जाग्नु पर्छ ।।
झिना मसिना काममा नअल्झि ।
अन्याय मेरो कर्म हो नसम्झी !!
उठाउ आवाज बुलन्दै पारी ।
रमाउने वस्तु मात्र होइन् नारी ।।
कोमलसँगै कठोर मन छ ।
नारी हक वर्ष दिन नै चाहिन्छ ।।
सडक,सदन, गोष्ठीभित्र होइन् ।
त्यी अधिकार छाउगोठमा खोइ र?
नजन्मदैका छोरी मरी रहे ।
मानव साँच्चै अब दानव भए ।।
सर्लाही– हाल भैसेपाटी,ललितपुर ।




















