समाजसेवी तथा सामाजिक अभियन्ता शेर्पा माथी लगाइएको आरोप गलत: महासंघ युएई।

युएई := कोरोना भाइरस (कोभिड -१९) को समयमा एनआरएनए आईसिसीद्वारा विभिन्न देशमा संचालन गरिएको कोभिड -१९ को कारण अलपत्र परेका नेपालीहरुको निम्ति उद्दार गर्ने परियोजनामा मध्यपुर्वको देश युएईमा व्यापक आर्थिक अनिमियतता भएको र उक्त अनिमियततामा नेपाल आदिवासी जनजाती महासंघ युएईका संरक्षण समितिका संयोजक पासाङ्ग शेर्पा पनि सम्मिलित भएको भन्ने समाचारहरु प्रकाशित भए पछि नेपाल आदिवासी जनजाती महासंघ युएईले पनि सो सम्बन्धमा आफ्नै आन्तरिक अध्ययन गरी निष्कर्ष सहितको एक ध्यानाकर्षण प्रेस विज्ञप्ति सार्बजनिक गरेको छ।

अन्तराष्ट्रिय श्रम संगठन (ILO) द्वारा प्राप्त सहयोगबाट संचालित परियोजना युएईको एनआरएनए एनसिसी युएईले संचालन गर्न अस्विकार गरेकोले एनआरएनए आईसिसीले आफ्नै निगरानीमा एनसिसी युएईका अध्यक्ष प्रकाश कोईराला मार्फत संचालन गरेको पाईएको र अध्यक्ष र आईसिसिको निर्देशनमा शेर्पाले माग गरे अनुसारको आवश्यक सहयोग मात्र गरेको महासंघले जारी गरेको आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ l

पटक पटक अध्यक्ष कोइरालाले सम्पूर्ण आर्थिक कारोबार, रकम भुक्तानी सबै आफैले गरेको र एनसिसी युएईका उपाध्यक्ष समेत रहेका शेर्पाको कुनै संलग्नता नरहेको भिडियो, अडियो, लिखित डकुमेन्ट समेत भेटिएकोले बजारमा हल्ला गरिए जस्तो यस कार्यमा शेर्पाको कुनै संलग्नता पुष्टि नभएको महासंघले प्रष्ट पारेको हो l

छानबिन समितिले तयार गरेको प्रतिवेदन भन्दै सम्बन्धित निकायमा पेस गर्नुको सट्टा बजारमा सार्बजनिक गरिएको अनाधिकृत पत्रको हवाला दिंदै व्यक्तिगत रुपमा चरित्र हत्या गर्ने उदेश्यले शेर्पा माथि लगाईएको सबै आरोपहरु महासंघले खारेज गर्दै शेर्पा माथि लगाईएको आरोप पुष्टि भएन भन्ने निष्कर्ष सार्बजनिक गरेको छ l सो अनाधिकृत पत्रमै लगाईएको आरोपको आधारहरु अध्यान गर्दा सबै पूर्वाग्रही सोचका साथ झुठो आरोप मात्रै लगाइएको पाईएको महासंघले जनाएको छ l

तलको तस्बिरमा हेर्नुहोस् नेपाल आदिवासी जनजाती महासंघ युएई ले जारी गरेको प्रेस बिज्ञप्ति :