काठमाडौं:= राष्ट्रिय सभा सदस्य पद खारेजीमा परेपछि मन्त्री पदबाटसमेत हटेका गृहमन्त्री रामबहादुर थापामगरलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः नियुक्त गर्नुभएको छ ।
संघीय संसद्ले थापामगरको सांसद पद रिक्त गर्न माग राखी माओवादी केन्द्रले बुझाएको पत्र आज स्वीकृत गरेकोमा प्रधानमन्त्री ओलीले उहाँलाई आजै पुनः नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो।
थापाका अनुसार उहाँले आज साँझ ५ बजे पुनः गृहमन्त्रीमा शपथ लिंदै हुनुहुन्छ । थापामगर माओवादी केन्द्रबाट २०७४ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट निर्वाचित हुनुभएको थियो ।




















