एजेन्सी := कुवेत सरकारले त्यहाँको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिक हरुलाई वैधानिकता कायम गर्ने (ग्रेस पिरेड) को अवधी थप गरेको छ।
अघिल्लो पटकको म्याद गएको बिहीबार सकिएसँगै कुवेतले फेरि एक महिना समयावधि थप गरेको गल्फ न्युजले जनाएको छ । थप गरिएको समयावधि मे १५ भित्रमा आफ्नो कानुनी अवस्था सच्याउन कुवेतले आग्रह गरेको छ । यो समयभित्र पनि आफ्नो कानुनी अवस्था नसच्याउनेहरुलाई कारबाही गरिने तथा जरिवाना तिराइने त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
उनीहरुको आवासीय भिसा रद्द गरिने, देश निकाला गरिने तथा पछि फेरि फर्केर आउन नमिल्ने गरी देश निकाला गर्ने जनाइएको छ । कुवेतले अहिलेसम्म चार पटक यो अवधि बढाइसकेको छ । गएको वर्ष मार्चमा कोरोना भाइरसको महामारी सुरु भएसँगै कुवेतले यस्तो अवसर दिन थालेको हो ।
कुवेतमा रहेका र अवैधानिक बनेका नेपाली श्रमिकले पनि याे अवसरकाे फाइदा लिन सक्नेछन्। कुवेतमा भिसा उल्लंघन गरेका अन्दाजी करिब १ लाख जना जति आप्रवासी श्रमिक रहेको जनाइएको छ ।




















