[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= नेपाली दूतावास मलेसियाद्वारा मलेसियामा अबैधानिक हैसियतमा कार्यरत नेपाली श्रमिक लेख बहादुर तामाङको उद्दार गरि स्वदेश फर्काइएको छ।
मलेसियाको एक होटलको रुमबाट तलो तल्लामा खसेर घाइते भएर अस्पतालमा अलपत्र अवस्थामा रहेका धनकुटाको डाँडा गाउँका लेख बहादुर तामाङ नेपाली दुतावास मलेसियाको साथ,सहयोगमा गएको बिहिवार साँझ हिमालय एयरलाइन्सको फ्लाईटबाट स्वदेश फर्किएको दूतावासका जनसम्पर्क अधिकृत टेक बुढाले बताउनुभयो।
आज भन्दा करिब ६ वर्ष पहिलानै वैदेशिक रोजगारीको सिलसिलामा मलेसियाको शेरम्वान राज्य स्थित एक कम्पनीमा काम गर्न आएका तामाङ केही समयअघि देखि अवैधानिक हैसियतमा मलेसियामा बसिरहेका थिए ।
अवैधानिक भएका उनले अन्यत्र काम खोज्दै जाने , नभेटिए स्वदेश फर्किने तयारी गरिरहेको क्रममा मार्च तीन तारिखमा राम गुरुङ नामका एक नेपाली एजेन्टको सम्पर्कमा गएका तामाङ अर्का एक नेपाली संग मलेसियाको केलाङ स्थित एक होटलमा बस्दै आएको पाईएको दुतावासका जनसम्पर्क अधिकृत टेक बुढाले बताउनुभयो।
जानकारी अनुसार लेख बहादुर तामाङ एकदिन होटलको रुमबाट तल्लो तलामा खसेर डाढको मेरुदण्ड भाचिएको , छात्तीमा गम्भीर चोटपटक लागेको बेहिसी अवस्थामा नेपालीकै सहयोगमा मलेसियाको केलाङ हस्पिटलमा उपचारको निम्ति एक महिनादेखि भर्ना रहेका थिए।

एकातर्फ मलेसियामा विदेशी नागरिक बिरामी परेर अस्पताल भर्ना हुँदा उपचारखर्चनै अत्याधिक महङ्गो भने अर्कोतर्फ शरिरमा गम्भीर चोटपटक लागेको कारण र डाढमा धेरैनै असर पुगेको कारण यहाँको अस्पतालका डाक्टरले थप उपचार गर्न मानेनन् र स्वदेश फर्काउन सुझाव दिइएको कुरा अधिकृत बुढाले बताउनुभयो।
तसर्थ: सोही अनुरुपनै लेख बहादुर तामाङलाई स्वदेश फर्काउन दूतावासले आवश्यक कदम चालेर अस्पतालको सम्पुर्ण उपचारखर्च बिल बापतको तिर्नुपर्ने बाकी रकम , हवाई टिकट , कोरोना सम्बन्धि पिसिआर , चेकआउट मेमो , अबैधानिक बसे बापत मलेसियन अध्यागमन बिभागमा बुझाउनेपर्ने जरिवाना रकम , यात्रा अनुमतिपत्र लगायतको आवश्यक कानुनी कागजात बनाउन लाग्ने सम्पुर्ण खर्च नेपाली दूतावासलेनै ब्यहोरेर तिरिदिएर स्वदेश फर्काइएका हुन।
पीडित तामाङ हिलडुल गर्न नसक्ने भएको कारणले उनलाई स्वदेश फर्काउनको लागी ह्विलचेयरको सहारामा मलेसिया स्थित अन्तर्राष्ट्रिय विमानस्थल केयलआईएसम्म फ्लाईटमा चढाउनलाई दूतावासकै श्रम सहचारी प्रकाश पन्थी लगायतकोले सहकार्य गर्दै सहयोग गरेका थिए।






















