[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) मलेसियाले मलेसियाका दुई ठुला राज्यहरु जोहोर र पेनाङ राज्यमा यहाँ कार्यरत नेपाली श्रमिकहरुलाई विभिन्न किसिमबाट साथ र सहयोगको निम्ति हेल्प डेस्क कार्यक्रम सञ्चालन,आयोजना गर्ने भएको छ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) महामारीको कारणको साथसाथै नेपाली श्रमिक हरुले मलेसियामा भोग्नु परेको विभिन्न कानुनी जटिलता, घर फिर्ति सम्बन्धि अन्यौलता र श्रमिकहरुले भोगेका समस्यालाई नेपाली राजदुतावास सम्म पुर्याइ सहयोग तथा सहजीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको पिएनसीसीको मलेसिया कोअर्डिनेटर मच्छिन्द्र चापागाईंले मलाया खबरलाई जानकारी गराउनु भएको छ।
नेपाली श्रमिक लगायतको मानिसहरु ले सो कार्यक्रम सहभागी भई आफ्ना गुनासा तथा समस्याहरु दर्ता गराउन संस्थाले सबैमा हार्दिक अनुरोध समेत गर्नुभएको छ।

कार्यक्रम पेनाङको लागि पुलाउ पेनाङको बुकिट मेर्ताजाम स्थित महाकाली रेष्टुरेन्ट नजिकैको स्थानमा हुने र जोहोरबारु राज्यको लागि “सेनाइ जोहोरको इन्डाहपुरा कुलाई जया स्थित एवान मलको फुड एभेन्यू फ्रस्ट फ्लोरमा यहीँ अप्रिल महिनाको १८ तारिख आईतवार बिहान १२:०० बजे देखि सांझ ०५:०० बजेसम्म सञ्चालन हुने मलेसिया कोअर्डिनेटर चापागाईंले बताउनुभयो।
हेल्प डेस्क कार्यक्रम बारे थप बुझ्न र आवश्यक जानकारीको लागी मच्छिन्द्र चापागाईं +६०१४७०७४९६५ त्यस्तै पेनाङ राज्यको लागि शम्शेर बहादुर मल्ल “समीर”+६०११२११८७०२४०, जोहोर राज्यको लागि राजु तामाङ +६०११६११६५६५४ र चक्र मल्ल “ठकुरि” +६०१११०९४१९२० यी निम्न सम्पर्क नम्बरहरुमा फोन गरेर सम्पर्क गर्न आयोजक संस्थाले अनुरोध गरेको छ।





















