मलेसियाबाट हुने भनिएको हिमालयन एयरलाइन्सको उडान तालिका परिवर्तन।

[ आरएन चौधरी थारु/कृष्ण गुप्ता ] 

क्वालालम्पुर (मलेसिया):= मलेसियाको अन्तर्राष्ट्रिय विमानस्थल केयलआईएबाट नेपाल सम्मको लागी हुने भनिएको हिमालयन एयरलाइन्सको उडानहरु रद्द भएको छ।

नेपाली राजदुतावास मलेसियाको जनसम्पर्क अधिकृत टेक बुढाले जानकारी गराए अनुसार , मलेसियाबाट यहीँ मिति अप्रिल १६ शुक्रबार, १७ तारिख शनिबार र १८ तारिख आईतवारको दिन नेपाल् काठमाडौं सम्मको लागी हुने भनिएको हिमालयन एयरलाइन्सको उडानहरु नेपालमा देखिएको प्रतीकुल (खराब) मौसमका कारण तोकिएको पुर्व मिति तालिका रद्द भएका हुन।

अधिकृत बुढाले बताए अनुसार हिमालयन एयरलाइन्सको उडानहरु बन्द भने भएको छैन , नेपालमा खराब मौसमका कारण फ्लाईट अवतरण गर्न,उडान भर्न कठिनाई भएपछि तोकिएको मितिमा उडान हुन नसकेर मिति परिवर्तन मात्रै गरिएको बताउनुभयो।

अप्रिल १६ तारिखमा हुने भनिएको एयरलाइन्सको उडान अप्रिल १७ मा हुने भएको , त्यस्तै १७ तारिखको हुने भनिएको उडान १८ मा हुने भएको र १८ तारिखको दिन हुने भनिएको उडान अप्रिल १९ तारिख सांझ ०६:५० बजेको समयमै उडान हुने भएको हो।

अप्रिल १६ तारीखको उडान मिति तय भएर केयलआईए विमानस्थल पुगेर अलपत्र परेका यात्रुहरुलाई बिमानस्थल भित्रको प्रतीक्षाकक्षमा एयरलाईन्सले नै आफ्नो तर्फबाट खान बस्नको ब्यबस्था गरि सुरक्षितसाथ राखिएको अधिकृत बुढाले बताउनुभयो।

विमानस्थल भित्र प्रतिक्षालयमा उडानका निम्ति पर्खेर बसेका यात्रुहरुलाई एयरलाइन्स ले खाना,खाजा खुवाउदै गरेको तस्बिर

विदेश बाट नेपाल फर्किनु भन्दा पहिला गर्नुपर्ने कोरोना भाइरस सम्बन्धि ७२ घण्टे पिसिआर रिपोर्टको अवधी टिकटमा उल्लेखीत उडान मिति र समय सम्म भ्यालिड भएमा पुर्ण पिसिआर टेष्ट गर्न नपर्ने , सोही पिसिआर जाँचको रिपोर्टलेनै नेपाल् फर्किन पाउने जनसम्पर्क अधिकृत बुढाले स्पष्ट पार्नुभयो।

 

advertise