थारु समुदायको बहुचर्चित गायिका अन्नु चौधरी र गायक सुरज सिंह ठाकुरको स्वर रहेको डान्सिगं शैलिमा तयार भएको थारु गीत ‘मै बन बु राजा तु बन बो रानी’ को म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ।
रामप्रसाद चौधरीको निर्देशनमा तयार भएको थारु गीत मै बन बु राजा तु बन बो रानी बजारमा आएसँगै चर्चा सुरु भएको छ । चर्चित संगीतकार सिल शर्माको शब्द संगीत समावेश गीतमा निर्देशक चौधरीले आरजु बैजु र नितेश चौधरीलाई गज्जबसँग नचाएका छ्न । आरजु र नितेशको रोमान्सको दृश्य देख्दा जोकोहीलाई पनि नाचौँ नाचौँ लाग्छ।
शिशिर खातीको कोरियोग्राफी रहेको भिडियोमा आरजु र नितेशका अलावा सन्दिप चौधरी र बिजय चौधरीको पनि अभिनय रहेको छ । शंकल्प भुजेलको छायांकन रहेको भिडियोमा अर्जुन जिसीको सम्पादन रहेको छ । जसको निर्माताका रुपमा निरज र चंन्दी चौधरी रहेका छन् ।
तलको लिङ्कमा क्लिक गरेर भिडियो हेर्नुहोस :




















