दाङमा बस दुर्घटना : २ जनाको मृत्यु, २७ जना घाईते।

दाङ := दाङमा यात्रुवहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जादै  गरेको लु १ ख ९८६३ नम्बरको यात्रुबहरु बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले बताएको छ भने २७ यात्रु घाईते भएका छन् ।

शुक्रबार अपरान्ह करिब साढे पाँच बजे तिर दुर्घटना भएको हो । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घाइतेहरुलाई लमही अस्पतालमा ल्याउने क्रम जारी छ । घटनाको थप बिवरण आउन बाकी छ ।