सप्तरी := जनता समाजवादी पार्टी (जसपा) का बरिष्ट नेता राजेन्द्र महतोले जेलमा रहेका निलम्बित साँसद रेशम चौधरीलाई अब जेलमुक्त , रिहा हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।
शुक्रबार सप्तरीको राजविराजमा आयोजित एक सभालाई सम्बोधन गर्दै नेता महतोले साँसद चौधरी चाँडै रिहा हुने दावी गर्नुभयो।

उनले जसपालाई सरकारमा जान हतारो नरहेको भन्दै यसपटक उधारो सम्झौता नगर्ने , नगदी सम्झौता मात्रै गरिने पनि स्पष्ट पार्नुभयो। उनले साँसद चौधरीको रिहा, संविधान संशोधन, मधेस–थरुहट आन्दोलनमा लगाएको झुठा मुद्दा फिर्ता लगायतको माग पुरा नभएसम्म जसपा सरकारमा सहभागी नहुने बताए।
बरिष्ट नेता महतोले सरकारले पटक–पटक बाचा गरेर ठगेकोले अब उधारोमा सम्झौता होइन नगदीमा हुनुपर्ने धारणा राखे । उनले विभिन्न दलहरुसंग कुरा गर्न कार्यदल बनाएको भन्दै पहिले माग पुरा भएपछि मात्र सरकारलाई समर्थन गर्न सकिने स्पष्ट पारेका हुन।





















