काठमाडौं := नेपाली फिल्म जगतका चर्चित अभिनेत्री प्रियंका कार्की अन्ततः आमा बन्ने भएकी छन् ।
बेला बेला विभिन्न अन्तर्वार्ताको क्रममा जिब्रो चिप्लेर चर्चामा आईरहने कार्कीले शुक्रवार सामाजिक सञ्जालमा आफ्नो बेबी बम्पसहितको तस्वीर सार्वजनिक गर्दै आमा बन्न लागेको सार्वजनिक जानकारी दिएकी हुन् ।

नेपाली फिल्म क्षेत्रका अभिनेता समेत रहेका श्रीमान आयुष्मान देसराज जोशीसँग विवाह बन्धनमा बाँधिएको एक वर्षपछि प्रियंका र आयुष्मान अभिभावक बन्न लागेका हुन् ।
गर्भवती अवस्थाको एक तस्वीर सेयर गर्दै कार्कीले लेखेकी छन्, ‘हो, हामी गर्भवती छौं, अबदेखि सोध्न बन्द गर्नुस् ।’




















