प्रधानमन्त्री ओलीको राजीनामा!

काठमाडौं:= नेपाली कांग्रेसको शीर्ष नेताहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै अग्रसरता नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

पार्टी कार्यालय सानेपामा हिजो शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक रोकेर सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतबीच छलफल भएको थियो ।

उहाँहरुबीचको छलफल पछि उक्त सहमति भएको हो ।सभापति देउवा आफ्नो नेतृत्वको सरकार गठनका लागि पर्ख र हेरको अवस्थामा रहेका बेला पार्टीका वरिष्ठ नेता पौडेललगायत शीर्ष नेताको दबाव पछि उहाँ पनि नयाँ सरकार गठनका लागि तयार रहनु भएको बुझिएको छ ।

एक नेताका अनुसार लामो रस्साकसी पछि प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार निर्माणको प्रक्रिया सुरु गर्ने सहमति भएको छ ।

केही दिन अघि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सभापति देउवा निवास नै पुगेर नयाँ सरकार गठनका लागि अग्रसरता लिन अनुरोध गर्नुभएको थियो ।