दक्षिण अफ्रिकामा मादक पदार्थको बेचबिखनमा प्रतिबन्ध।

एजेन्सी := दक्षिण अफ्रिकामा इस्टर होलिडेका क्रममा मादक पदार्थको बेच विखनमा प्रतिबन्ध लगाइएको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले उक्त जानकारी दिएका हुन् ।

उनले मंगलबार राति एक कार्यक्रमको सम्बोधनका क्रममा सो जानकारी गराएका हुन् । दक्षिण अफ्रिकामा पनि पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढ्दो रुपमा रहेको छ ।

सो कारणले यहाँ मादक पदार्थको बेचविखनमा प्रतिबन्ध लगाइएको बताइएको छ । त्यहाँको इस्टर पर्वको हप्तामा मादक पदार्थको अत्यधिक मात्रामा विक्री वितरण हुने गरेका र पछिल्लो समयमा कोरोनाको संक्रमण बढ्दो रहेकोले पनि यो प्रतिबन्ध लगाइएको अधिकारीहरुले जनाएका छन् ।

इस्टर्न होलिडे मनाउने क्रममा ठूलो संख्यामा मानिसहरु जम्मा हुने भएकाले ठूलो संख्यामा उनीहरुलाई भेटघाट र जम्मा हुन पनि प्रतिबन्ध लगाइएको बताइएको छ ।

त्यहाँ पछिल्लो महिना दिन यतादेखि नै कोभिडको खोप लगाउने काम पनि शुरु भएको छ । चीन र रसियाबाट ल्याइएको कोरोना विरुद्धको खोप दक्षिण अफ्रिकामा दिने गरिएको छ । एजेन्सी