सामाजिक सुरक्षा भत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा।

काठमाण्डाै:=  प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको छ । हिजो मंगलबारको दिन रिपोर्टस क्लबको वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री अ‍ोलीले आउँदो साउन एक गतेदेखि नै लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्ने बताउनुभयो ।

‘सामाजिक सुरक्षा प्रबन्धका क्षेत्रमा थुप्रो काम हामीले गर्‍याैँ । योगदानका आधारमा सामाजिक सुरक्षा जस्ता कुराहरू गर्‍याैँ । अरू पनि सामाजिक सुरक्षाका काम हामी गर्दै जान्छौँ । सरकारले नागरिकको लागि काम गरेकोमा केही व्यक्तिले आपत्ति जनाइरहेका छन्, साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ, कसैलाई आपत्ति भए पनि होस्’, ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षमा विद्यालयहरूको पूर्वाधार विकासका लागि पाँच अर्ब रुपैयाँभन्दा बढी रकम वितरण गरिने पनि बताउनुभयो।