नेपालले जीत्यो थ्री नेसन्स कप फुटबलको उपाधीः सञ्जोग र विशालको उत्कृष्ट गोल।

काठमाण्डौं := नेपालले राजधानीमा सम्पन्न थ्री नेसन्स कपको उपाधी जीतेको छ । घरेलु मैदान दशरथ रंगशालामा भएको खेलमा नेपालले २–१ गोल अन्तरले बिजयी बनेको हो । नेपालका लागि सञ्जोग राईले १८ औं मिनेट र ४१ औं मिनेटमा बिशाल राईले गरेको गोल निर्णायक बन्यो ।

आज नेपालले शुरु देखिनै बंगलादेशलाई दबाबमा राखे पनि दोस्रो हाफ्को अन्त्यतिर एक गोल गर्दै बंगलादेश खेलमा फर्कने प्रयास गरेको थियो । त्यस पछि केही दबाबमा आएको नेपालले संयमता अपनाएको थियो ।

समुह चरणमा नेपालले कीर्गिस्तान र बंगलादेशसँगै गोल रहित बराबरी खेलेको थियो । ३७ वर्ष पछि पहिलो पटक नेपालले दशरथ रंगशालामा आधिकारीक प्रतियोगीताको उपाधी उचाल्न सफल भएको छ ।

सन् १९९९ मा नेपालले दशरथ रंगशालामा उपाधी उचालेयता कुनै पनि उपाधी हासिल गर्न सकेको थिएन ।
आजैबाट नेपाली टोलीका भरपर्दा रक्षक विराज महर्जनले अन्तराष्ट्रिय खेलबाट सन्यास लिएका छन् ।
आजको खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली सहितका मन्त्रीहरु पनि रंगशाला पुगेका थिए ।