चीनले दिएको ८ लाख डोज खोप आइपुग्यो।

काठमाडौं:=  चीन सरकारले अनुदानमा दिएको  कोरोनाभाइरसविरूद्धको ८ लाख डोज भ्याक्सिन सोमबार नेपाल आइपुगेको छ।

चीन सरकारलेले गत माघ १८ गते नेपाललाई तीन लाख डोज खोप सहयोग गर्ने बताए पनि फागुन १७ मा थप ५ लाख डोज थपेर अनुदानमा ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । त्रिभुवन विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गर्नु भएको हो ।

नेपाल एयरलाइन्सको जहाज खोप लिन आइतबार अपराह्न चीनको राजधानी बेइजिङ गएको थियो । ।