यस्तो छ हेर्नुहोस,आजको नेपाली बजारमा मलेसियन रिंगेट सहित विदेशी मुद्राको भाउ।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर ( मलेसिया ):= नेपाल राष्ट्र बैंकको विनिमय दर अनुसार आज मिति सन् २०२१ / ०३/ २८ तारिख, आईतवारको दिन बजारमा अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ७२ पैसा र विक्रिदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ । आज युरो १ को खरिददर १३६ रुपैयाँ ४७ पैसा र विक्रिदर १३७ रुपैयाँ १८ पैसा रहेको छ ।

त्यसैगरी कतारी रियालको खरिद दर ३१ रुपैंयाँ ५९ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ ७६ पैसा रहेको छ । साउदी अरेवियन रियालको खरिद दर ३० रुपैंयाँ ८६ पैसा तथा विक्रि दर ३१ रुपैंयाँ २ पैसा छ। युएई दिरामको खरिद दर ३१ रुपैंयाँ ५० पैसा तथा विक्रि दर ३१ रुपैंयाँ ६७ पैसा छ ।

यसैगरी मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ ९१ पैसा तथा विक्रि दर २८ रुपैंयाँ ५ पैसा छ । कुवेती दिनारको खरिद दर ३ सय ८२ रुपैंयाँ ९४ पैसा तथा विक्रि दर ३ सय ८४ रुपैयाँ ९२ पैसा रहेको छ। बहराइन दिनारको खरिद दर ३ सय ६ रुपैंयाँ ९१ पैसा तथा विक्रि दर ३ सय ८ रुपैंयाँ ५० पैसा छ।

पछिल्लो समयमा मलेसियन रिंगिट को दर पनि क्रमशः उकालो लाग्दै गरेको थियो , तर पुनः केहिदिनदेखी मलेसियन रिंगेटको दररेट ओरालो झर्दै गैईरहेको देखिन्छ। विभिन्न देशमा रहेका वाणिज्य बैंकहरुले यो विनिमय दरमा भने थोरै फेरवदल सहित कारोवार गर्न पाउँछन्।