सम्झिरहेको छु प्यारि

जुनेलि रातमा मन्द मुस्कान सगै
बिताएका ती रमाइला रातहरु सगै
मेरो आनंद अनि खुसीमा देखाउने
तिम्रा ती दातहरुले मलाई जहिल्यै झस्काउने
तिमी रिसाउदा मैले तिमिलाइ फकाएको
सबै माइती को अँखा छलेर मैले
तिमिलाइ भगाएको सम्झिरहेको छु प्यारि
तिमिले बिर्सिएउ कि कतै

याद छ अध्यारो रात अनि बन्द कोठामा पनि
ठट्टा ठट्टामा बेसरी झगडा गरेउ जंगलमा पनि
सात समुन्द्र पारी बाट बेला बेला ठट्यौली
गर्छु भनेकै बेला चाहिए जति खर्च पठाउछु
कसैको भन्न नलागे है म तिमिलाइ खुसी बनाउछु
टाढाको बाटो , लगाएर फाटो सम्झिरहेको
छु प्यारी तिमिले बिर्सिएउ कि कतै

तिम्रो अनुहार भरी आएको पसिना पुच्ने रुमाल हो
चिन्ता नगर म सन्चै छु तिमिले आफुलाइ समाल भो
सगै घास काट्न गएर छ्याप छ्याप घाँस छपाएको
म लाउर गएर धन कमाउछु भनी तिमिलाइ फकाएको
बिरानो मुलुक बाट बेला बेला सम्झिरहेको छु प्यारी
तिमिले बिर्सिएउ कि कतै

अर्काको देशमा तातो घाम महङ्गो दाम सग लड्दै गर्दा
गैरी खेतमा धान काटेर दोबौसी खन्दै गरेको
तिमिसग लाजमर्दो कुरा गरेर पेट मिची मिची हाँसेकाे
थाल भरी जमरा र टीका बिचैमा पारेर वरिपरि नाचेको
सबै गाउँले हरुले ताती बजाउदा तिमिले एउटा
कम्मर चार ठाउँमा भाचेको सम्झिरहेको छु प्यारी
तिमिले बिर्सिएउ कि कतै

                                                                                               अर्जुन अनुरागि
                                                                                                 जोहोरबारु मलेसिया