सुरक्षागार्डमा कार्यरत धन बहादुर पासपोर्ट लिएर फरार, खोजि गरिदिन कम्पनीद्वारा अपिल।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको क्वालालम्पुरमा अवस्थित ईगल आई सेक्युरिटी एसडिएन बिएचडी (Eagle Eye Security Sdn Bhd) नामक सेक्युरिटी कम्पनीमा सुरक्षागार्डको रुपमा काम गर्दै आएका नेपाल ठेगाना दाङ निवासी धन बहादुर सुनारी मगर मलेसियामै बेपत्ता,फरार भएका छ्न।

यहीँ मिति सन् २०२१/०३/२२ तारिख सोमबारको दिन
रोजगारदाता सेक्युरिटी कम्पनिले मेडिकल चेकअप गराउन क्लिनिक लैजाने क्रममा पासपोर्ट लिएर धन बहादुर मगर अच्चानक कसैलाई केही जानकारीनै नदिई बेपत्ता,फरार भएका हुन।

कम्पनी श्रोतले बताए अनुसार धन बहादुर एकदमै इमानदार कामदार हुनुहुन्थ्यो, तर यसरी बिना जानकारी बेपत्ता हुदा चिन्ता ब्यक्त गर्दै उनी जहाँ रहेपनि सुरक्षीत छ्न या छैनन् भन्ने चिन्ता लागेर खोजिनिती सुरु गरेको र त्यसको लागी मलेसियामा कार्यरत सम्पुर्ण नेपाली जनसमुदाय बिच धनबहादुरलाई खोजि गरिदिनुहुनको लागी हार्दिक अनुरोध सहित अपिल गरेको छ।

कम्पनीले निज धनबहादुरलाई कहिँ कतै देख्नु भएमा र सम्पर्कमा ल्याइदिन सहयोग गर्नुभएको खण्डमा कम्पनीको तर्फबाट उचित पुरस्कार सहित सम्मान पनि गरिने बताएको छ।

आफ्नो कम्पनीमा काम गर्दैआईरहेका धनबहादुर अच्चानक बेपत्ता भएसंगै खोजि गरिदिन हुनको लागी मलेसियन प्रहरिलाई समेत रिपोर्ट गरेर निवेदन दिईसकिएको कम्पनिले जनाएको छ।