मलेसियामा एक कम्पनीमा कार्यरत नेपाली कामदार भरत सुनुवारको कम्पनी परिसरमै मृत्यु।

[ तिलोचन गौतम ] 

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत नेपाली कामदार नेपाल ठेगाना बागमती प्रदेश दोलखा जिल्ला गौरीशंकर गाउँपालिका निवासी भरत सुनुवारको हिजो मिति सन् २०२१/०३/२६ तारीख शुक्रबारको दिन असमायिक मृत्यु भएको छ।

मलेसियाको पोर्ट केलाङ भन्ने ठाउँमा अवस्थित फिल्डा इफ्को एसडिएन बिएचडी ( felda ifco sdn bhd ) नामक कम्पनिमा बिगत ९ बर्ष एता काम गर्दै आएका सुनुवार को कम्पनि परिसर मै मृत्यु भएको हो।

सुनुवार कार्यरत कम्पनी ले कोभिड पेण्डामिक अबस्था लाइ मध्यनजर गर्दै काम गर्ने समय परिबर्तन गरिदिएको र आफुलाइ निन्द्रा नपुगेको अनुभव भएको सुनाएका सुनुवार कम्पनि परिसर मा अचानक ढलेर घटना स्थल मै मृत्यु भएको कम्पनिमा कार्यरत एक नेपालीले कामदारलेनै जानकारी दिनुभयो।

सुनुवार को मृत शवलाई पोस्टमार्टमको लागि केलाङ स्थित केलाङ हस्पिटल मा राखिएको र कम्पनीले एउटा असल मेहनति कामदार गुमाएको मा दुख व्यक्त गर्दै आवश्यक कागजात र कानुनी प्रक्रिया पुर्याएर दाहसंस्कार को लागि स्वदेश फिर्ता गराउने र मृतक परिवार लाइ कम्पनिको तर्फबाट सक्दो आर्थिक क्षेतिपुर्ती समेत सहयोग गर्ने बताएको छ।

Advertise